२०८३ बैशाख ४
April 17, 2026, Friday

भरतपुरमा सीपको क्रान्ति: ७ हजारभन्दा बढीले पाए निःशुल्क तालिम, महिलाको उल्लेखनीय सहभागिता

भरतपुरमा सीपको क्रान्ति: ७ हजारभन्दा बढीले पाए निःशुल्क तालिम, महिलाको उल्लेखनीय सहभागिता

भरतपुर, चितवन — भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ मा ७,२४१ जनालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्दै स्थानीय स्तरमै रोजगारी र स्वरोजगारको सम्भावनालाई नयाँ उचाइमा पुर्‍याएको छ। वैदेशिक रोजगार बोर्ड, वडा कार्यालयहरू र महानगरको रोजगारी शाखाको सहकार्यमा सञ्चालित यो कार्यक्रमले सीपविहीनलाई सीपयुक्त, सीपयुक्तलाई स्वरोजगार, र रोजगारीमा भएकालाई व्यावसायिक उन्नति गराउने लक्ष्य लिएको छ।

पुरुषको दाजोमा महिलाहरुको उल्लेख्य सहभागिता
तालिम लिनेहरूमध्ये ४,६५० जना महिला र २,५९१ जना पुरुष रहेका छन्। महिलाहरूको उल्लेखनीय सहभागिताले भरतपुरमा लैंगिक सशक्तीकरणको नयाँ अध्याय सुरु भएको संकेत गर्छ।

महानगरले सञ्चालन गरेका तालिमहरू १५ दिनदेखि ३ महिनासम्मका अवधि भएका छन्। सहभागीहरूले सिकेका प्रमुख सीपहरू:

प्राविधिक र सेवा क्षेत्र: प्लम्बिङ, इलेक्ट्रिसियन, ड्राइभिङ, ग्राफिक डिजाइन, फेसन डिजाइन, एडभान्स ब्युटी पार्लर, केयर गिभर, कुक

घरेलु उत्पादन: अचार, साबुन, सरफ, फिनेल, सेनेटरी प्याड, झोला, जुत्ता–चप्पल

कृषि र वातावरण: कौसी खेती, घरेलु फोहोर व्यवस्थापन

सांस्कृतिक सीप: पञ्चेबाजा, मादल, खैँजडीमा खरी भर्ने

शिक्षा र बालविकास: मन्टेश्वरी तालिम, बालबालिकाको क्षमता वृद्धि

“स्वदेशमै स्वरोजगारको वातावरण बनाउँदैछौं” — मेयर रेनु दाहाल
महानगर प्रमुख रेनु दाहालका अनुसार भरतपुरमा पूर्वाधारको तीव्र विकाससँगै दक्ष जनशक्तिको माग बढ्दो छ। “अहिले उद्योग–कलकारखानामा भारतलगायत अन्य देशबाट दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता छ। हामी आफ्ना युवालाई सीपयुक्त बनाएर स्वदेशमै रोजगारीको वातावरण बनाउँदैछौं,” उनले भनिन्।महानगरले आगामी आर्थिक वर्षमा पनि निःशुल्क तालिमलाई निरन्तरता दिँदै अझ विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। रोजगारी शाखाले तालिमपछि रोजगारी जडान, उद्यमशीलता सहयोग र सीप प्रमाणीकरण (RPL) जस्ता थप कार्यक्रमहरू पनि अघि बढाउने तयारी गरिरहेको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP