२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

भरतपुरमा सीपको क्रान्ति: ७ हजारभन्दा बढीले पाए निःशुल्क तालिम, महिलाको उल्लेखनीय सहभागिता

भरतपुरमा सीपको क्रान्ति: ७ हजारभन्दा बढीले पाए निःशुल्क तालिम, महिलाको उल्लेखनीय सहभागिता

भरतपुर, चितवन — भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ मा ७,२४१ जनालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्दै स्थानीय स्तरमै रोजगारी र स्वरोजगारको सम्भावनालाई नयाँ उचाइमा पुर्‍याएको छ। वैदेशिक रोजगार बोर्ड, वडा कार्यालयहरू र महानगरको रोजगारी शाखाको सहकार्यमा सञ्चालित यो कार्यक्रमले सीपविहीनलाई सीपयुक्त, सीपयुक्तलाई स्वरोजगार, र रोजगारीमा भएकालाई व्यावसायिक उन्नति गराउने लक्ष्य लिएको छ।

पुरुषको दाजोमा महिलाहरुको उल्लेख्य सहभागिता
तालिम लिनेहरूमध्ये ४,६५० जना महिला र २,५९१ जना पुरुष रहेका छन्। महिलाहरूको उल्लेखनीय सहभागिताले भरतपुरमा लैंगिक सशक्तीकरणको नयाँ अध्याय सुरु भएको संकेत गर्छ।

महानगरले सञ्चालन गरेका तालिमहरू १५ दिनदेखि ३ महिनासम्मका अवधि भएका छन्। सहभागीहरूले सिकेका प्रमुख सीपहरू:

प्राविधिक र सेवा क्षेत्र: प्लम्बिङ, इलेक्ट्रिसियन, ड्राइभिङ, ग्राफिक डिजाइन, फेसन डिजाइन, एडभान्स ब्युटी पार्लर, केयर गिभर, कुक

घरेलु उत्पादन: अचार, साबुन, सरफ, फिनेल, सेनेटरी प्याड, झोला, जुत्ता–चप्पल

कृषि र वातावरण: कौसी खेती, घरेलु फोहोर व्यवस्थापन

सांस्कृतिक सीप: पञ्चेबाजा, मादल, खैँजडीमा खरी भर्ने

शिक्षा र बालविकास: मन्टेश्वरी तालिम, बालबालिकाको क्षमता वृद्धि

“स्वदेशमै स्वरोजगारको वातावरण बनाउँदैछौं” — मेयर रेनु दाहाल
महानगर प्रमुख रेनु दाहालका अनुसार भरतपुरमा पूर्वाधारको तीव्र विकाससँगै दक्ष जनशक्तिको माग बढ्दो छ। “अहिले उद्योग–कलकारखानामा भारतलगायत अन्य देशबाट दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता छ। हामी आफ्ना युवालाई सीपयुक्त बनाएर स्वदेशमै रोजगारीको वातावरण बनाउँदैछौं,” उनले भनिन्।महानगरले आगामी आर्थिक वर्षमा पनि निःशुल्क तालिमलाई निरन्तरता दिँदै अझ विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। रोजगारी शाखाले तालिमपछि रोजगारी जडान, उद्यमशीलता सहयोग र सीप प्रमाणीकरण (RPL) जस्ता थप कार्यक्रमहरू पनि अघि बढाउने तयारी गरिरहेको छ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP