२०८३ बैशाख १४
April 27, 2026, Monday

डीडीसीमा दुग्ध किसानको धर्ना

डीडीसीमा दुग्ध किसानको धर्ना

काठमाडौं। दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिएका छन् ।लामो समयदेखि  भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले आइतबारडीडीसीको कार्यालयबाहिर धर्ना दिएका हुन् । धर्ना दिनका लागि दुग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका थिए । तर, प्रहरीले उनीहरूलाई बाहिर रोकेपछि केहीबेर प्रहरी र दुग्ध किसानहरूबीच घम्साघम्सी समेत भएको थियो ।

दूधको मूल्य भुक्तानीका बारेमा दुग्ध विकास संस्थानलगायत सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि भुक्तानी नभएकाले डीडीसीको कार्यालयमा धर्ना दिनुपरेको अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले जानकारी दिइन् ।आफूहरूको मागका लागि ध्यानाकर्षण गराउन खोज्दा प्रहरी लगाएर दमन गर्न खोजिएको भन्दै उनले आपत्ति जनाइन् । अहिले दुग्ध किसानहरूको तीन अर्बभन्दा बढस् बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताइन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP