२०८३ बैशाख ९
April 22, 2026, Wednesday

मुर्ति विसर्जनको क्रममा धनुषामा दुई समुदायबीच विवाद उत्पन्न

मुर्ति विसर्जनको क्रममा  धनुषामा दुई समुदायबीच विवाद उत्पन्न

कोशीपारी अनलाइन, काठमाण्डौं
जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपूरा रुपैठामा हिन्दु र मुस्लिमसमुदायबीच विवाद उत्पन्न भएको छ ।
गणेश पूजाको मुर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएपछि ढुंगा हानाहान भएको हो ।
ढुंगा हानाहान भएपछि भएको भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाईतहरुको नाम खुल्न बाँकी रहेको छ ।
धनुषा प्रहरीले स्थिती नियन्त्रणमा लिन अहिलेसम्म एक दर्जन अश्रुग्यास प्रहार गरेको छ । स्थिती नियन्त्रणमा लिन नजिकका प्रहरी चौकीहरुबाट पनि अतिरिक्त टोली परिचालन गरेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
स्थिती नियन्त्रणमा रहेको धनुषा प्रहरीले दाबी गरेपनि दुबै समुदायबीच कुनै सम्झौता भने भएको छैन । स्थानीयहरु अझै आक्रोसित देखिएका छन् भने सो स्थानमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र १४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP