२०८३ बैशाख ४
April 17, 2026, Friday

बालेनको नाकैमुनी दिनहुँ नाराबाजी सहित कबाड व्यवसायीको आन्दोलन

बालेनको नाकैमुनी दिनहुँ नाराबाजी सहित कबाड व्यवसायीको आन्दोलन

काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहको नाकैमुनि दिनहुँ नाराबाजी सहित आन्दोलन जारी छ । बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज (बिहीबार) चौथो दिन पनि आन्दोलन जारी छ । बर्षाका बीच पनि आन्दोलनकारीहरु नाराबाजी सहित आन्दोलनमा सहभागि छन् ।

काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीलेले थालेको आन्दोलन अझै शसक्त र कडा बनाउने आन्दोलनकारीहरु बताउँछन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादी स्थित काठमाडौं महानगरपालिकाको कार्यालय समेत घेराउ गरेको छ ।

कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्नदिनुपर्ने माग गर्दै उनले अब बालेन बाहेक अरुसंग कुनै वार्ता नहुने बताए ।

‘सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायमा तोडफोड सहितको अत्याचार बिरुद्ध कबाड व्यवसायीले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ,’ गुप्ताले भने, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने र हामीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्ने हाम्रो माग हो । बालेनको कार्यालय अगाडी हामी दिनहुँ प्रदर्शन गर्दै आन्दोलनलाई अझ शसक्त र कडा बनाउने छौं । हाम्रो बार्ता बालेन बाहेक अब अरु कसैसंग पनि हुदैन् ।’

सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताउदै उनले कानूनको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म आन्दोलन नरोकिने बताए ।

कबाड आन्दोलनमा सहभागिहरुले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

Related News

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...

रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
  • २०८२ भाद्र १३

कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...

TOP