काठमाडौं । आज यो वर्षको पहिले साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।
आजको दिन श्रद्धालु भक्तजनहरु व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने परम्परा रहेको छ ।
साउनको सोमबार उपवास गर्दा मानिसको इच्छा, आकंक्षा पूरा गर्ने जन विश्वास रहिआएको छ । शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ ।ब्रह्म मुहूर्तमा स्नान गरी शुद्ध मनले शिवलिङ्गमा जल, दूध, बेलपत्र चढाएर पूजा गर्नुपर्दछ। ॐ नमः शिवाय जप, आरती, शिव चालिसा वा सोमबार कथा वाचन गरी व्रत सम्पन्न गरिन्छ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउने सोमबार पूजा आराधना गर्ने गरिन्छ । बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने गर्छन् ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...