२०८३ बैशाख १७
April 30, 2026, Thursday

गएको छ महिनामा साँढे पाँच लाख पर्यटक आवागमन

गएको छ महिनामा साँढे पाँच लाख पर्यटक आवागमन

काठमाडौं।सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् ।नेपाल पर्यटन बोर्डले मंगलबार जारी गरेको तथ्यांकअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार ३३३ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्ष (सन् २०२४)को पहिलो ६ महिनामा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए ।
सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । गत वर्षको जुन महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका थिए ।जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतबाट आएको छ । भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । दोस्रो अमेरिकाबाट ९ हजार ६९६ पर्यटक नेपाल भित्रिएका छन् ।
तेस्रोमा चीनबाट ६ हजार ७३६, चौथोमा बंगलादेशबाट पाँच हजार ४४९ र पाँचौँ स्थानमा बेलायतबाट दुई हजार २८४ पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल आउने अन्य पर्यटकमा जापान,कोरिया,अष्ट्रेलिया,मलेशिया र भुटानका रहेका छन् ।

Related News

त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
  • २०८२ असार १८

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर
नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर
  • २०८२ असार १८

कोशीपारी अनलाइन माघ २९, काठमाण्डौं नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चलचित्र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरुको सहकार्य गर्ने सम्बन्धमा समझदारी...

भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल
भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल
  • २०८२ असार १८

कोशीपारी अनलाइन संवाददाता असोज २७, काठमाण्डौं गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका...

TOP