२०८३ बैशाख ४
April 17, 2026, Friday

गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी सांसदको नाराबाजी, बैठक बिहीबारसम्म स्थगित

गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी सांसदको नाराबाजी, बैठक बिहीबारसम्म स्थगित

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरिरहेका छन् ।बैठक सुरु हुनासाथ माओवादी केन्द्रसहित विपक्षी दलहरूका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले संसदको नियमित कारबाही अवरुद्ध भएको करिब दुई हप्ताभन्दा बढी भएकाले आसन ग्रहण गरेर बैठक अघि बढाउन सहयोग गर्न विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका थिए ।

बैठक अवरोधका लागि उठिरहेका प्रतिपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नारा लगाइरहेका हुन् । नाराको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्वय सुमना श्रेष्ठ र हरि ढकालले पालैपालो गरिरहेका छन् ।  त्योसँगै गृहमन्त्री राजीनामा दे भन्ने नारा पनि प्रतिपक्षीहरूले लगाइरहेका छन् ।

सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेका छैनन् । तर, विपक्षी दलका सांसदहरूले सभामुख घिमिरेको आग्रहलाई स्वीकार गरेनन्   र अवरोध जारी राखे । पटक-पटक आसन ग्रहण गरेर बैठक अघि बढाउन सहयोग गर्न गरेको आग्रहलाई विपक्षी दलका सांसदहरूले नमानेपछि सभामुख घिमिरेले  अर्को बैठक २९ जेठ दिउँसो ३ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP