काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेठ ११ गते ११ बजेदेखी दिउँसो २ बजेसम्म काठमाडौं नेकपा (एमाले)ले नियन्त्रणमा लिनुपर्छ’ भन्ने दिएको अभिव्यक्ति आपतीजनक रहेको जनाएका छन् ।
आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिले शान्ति सुव्यवस्था खलबलाउने, सदभाव भड्काउने र देशलाई मुठभेडफर्त धकेल्ने गैरजिम्मेवार भएकाले फिर्ता लिई आत्मालोचना गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति कानूनी शासनको उपहास मात्र नभई दण्डनिय अपराध भएको आजपा अध्यक्ष साहले भनेका छन् । शान्ति सुरक्षा र अमनचयनको जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीबाटै गैरजिम्मेवार अभिव्यक्ति आउनु भनेको देशलाई मुठभेडतर्फ धकेल्ने काम भएको उनले जनाएका छन् ।
‘संविधान र कानुनको रक्षा एवं शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मा लिएको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले शान्ति सुव्यवस्था खलबलाउने, सद्भाव भडकाउने र देशलाई मुठभेडतर्फ धकेल्ने गैर जिम्मेवार अभिव्यक्ति दिनु कानुनी शासनको उपहास मात्र नभई दण्डनीय अपराध हो,’ आजपा अध्यक्ष साहले लेखेका छन् ।
आजपा अध्यक्ष साहले आफ्नो फेशबुक पेजमा लेखेका लेखेका छन् :
प्रधानमन्त्री केपी ओलीले जेष्ठ १५ गते काठामाडौंलाई नियन्त्रणमा लिन एमालेलाई दिएको निर्देशन आपतिजनक छ । संविधान र कानुनको रक्षा एवं शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मा लिएको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले शान्ति सुव्यवस्था खलबलाउने, सद्भाव भडकाउने र देशलाई मुठभेडतर्फ धकेल्ने गैर जिम्मेवार अभिव्यक्ति दिनु कानुनी शासनको उपहास मात्र नभई दण्डनीय अपराध हो । यसर्थ, प्रधानमन्त्रीलाई यस्तो गलत अभिव्यक्ति तुरुन्त फिर्ता लिई आत्मआलोचित हुन विशेष आग्रह गर्दछु ।
कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...
कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...
कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...