२०८३ बैशाख १३
April 26, 2026, Sunday

शिक्षकप्रति गरिएको सहमति विधेयकमा समेटिनुपर्छ : सांसद देवेन्द्र पौडेल

शिक्षकप्रति गरिएको सहमति विधेयकमा समेटिनुपर्छ : सांसद देवेन्द्र पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं  पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा समिति बैठकमा बोल्दै शिक्षकहरु सँग सरकार ले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गरिनुपर्ने बताए। आईतबार बसेको बैठकमा पौडेलले शिक्षकहरुको विषयमा झुक्याउन नहुने भन्दै सहमतिलाई विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्छ भन्दै जोड दिए।आइतबार बसेको शिक्षा समिति बैठकमा बोल्दै उनले शिक्षकहरूसँग गरिएको सहमति विपरीत विधेयक ल्याएर झुक्याउने काम अनुचित भएको स्पष्ट पारे।सांसद पौडेलले सरकार र शिक्षक महासङ्घबीच भएको ९ बुँदे सहमति विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने बताए।

शिक्षकहरु सँग सहमति गर्ने तर विधेयकमा अर्को विषय ल्याइएको भन्दै पौडेलले हुनै नसक्ने विषय राखेर शिक्षेकलाई झुक्काए को बताउँदै शिक्षेकहरुको बढुवाको विषय”चन्द्रमामा घडेरी किनेर घर बनाउने सरह भएको उनको भनाइ छ। संविधनलेनै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिएको र सो अनुसार निजी विद्यलयलाई नी निश्चित समय दिएर अघि बढ्न सकिने उनको भनाइ छ। कार्यकारी र विधायिकी बसेर शिक्षेक महासंघ सँग गरेको ९ बुँदे सहमतिलाई समितिमा पेश गर्नु पर्ने उनको दाबी छ । पौडेलले कार्यकारी र विधायिका तहमा शिक्षक महासङ्घसँग गरिएको सहमतिको पालना नभए शिक्षामाथिको विश्वास कमजोर हुने चेतावनी समेत दिए।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ जेष्ठ ११

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ जेष्ठ ११

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ जेष्ठ ११

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP