२०८३ बैशाख ५
April 18, 2026, Saturday

नेपाल तामाङ घेदुङ, इजरायलले वार्षिकोत्सव,एकता दिवस तथा प्रत्यक्ष अधिवेशन आयोजना गर्दै

नेपाल तामाङ घेदुङ, इजरायलले वार्षिकोत्सव,एकता दिवस तथा प्रत्यक्ष अधिवेशन आयोजना गर्दै

काठमाण्डौं  : नेपाल तामाङ घेदुङ, (इजरायल संस्था ) ले हरेक वर्षहरूमा झै यस वर्ष पनि संस्थाका विधान अनुरुप ऐतिहासिक सातौं वार्षिकोत्सब,एकता दिवस तथा अधिवेशन प्रत्यक्ष कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रम नेफिन इजरायलको कार्यलाय १९ नोभेम्बर २०२१ शुक्रबार साँझ ७ : ०० बजेको लागि तय भएको महासचिव निङमा तामाङले जानकारी दिएका छन् । नेपालका विभिन्न जिल्लाबाट मध्यपुर्वी राष्ट्र इजरायलमा रोजगारीको सिलसिलामा इजरायल गएका तामाङ नाना-आङा, ज्योज्यो-आले समुदायका नेपालीहरु संस्थामा आबद्द छन् । नेपाली तामाङ समुदायको राष्ट्रिय जातीय भाषा, भेषभुषा,धर्म,कला, रितिरिवाज,लिपि,मौलिक, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले सस्थाको स्थापना भएको महासचिव तामाङले जनाएका छन् । हाल संस्थाले तामाङ समुदायको हक र अधिकार प्राप्तिको लागि बुलन्द अवाज उठाउदै सबै संस्थाहरु एकताबद्ध बनाउदै आएको समेत महासचिव तामाङले उल्लेख गरे ।

इजरायलमा रहनुहुने सम्पुर्ण तामाङ जनहरुले सदस्यता लिनुभई तामाङ समुदायको पहिचानलाई संरक्षण र सम्बर्द्धन गराउन साथ दिनुहुन अपिल गरेका छन्। कार्यक्रम सब्य र भव्य रुपमा सफल पारिदिनुहुन इजरायलमा आबद्ध विभिन्न राजनीतिक,धार्मिक,समाजिक संघ संस्थाहरुका अध्यक्ष ज्युहरु,एवं पदाधिकारी ज्युहरु,मिडियाकर्मिज्युहरु,लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको निमित्त समेत अनुरोध गरेका छन्।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP