२०८२ कार्तिक २१
November 7, 2025, Friday

नेपाल तामाङ घेदुङ, इजरायलले वार्षिकोत्सव,एकता दिवस तथा प्रत्यक्ष अधिवेशन आयोजना गर्दै

नेपाल तामाङ घेदुङ, इजरायलले वार्षिकोत्सव,एकता दिवस तथा प्रत्यक्ष अधिवेशन आयोजना गर्दै

काठमाण्डौं  : नेपाल तामाङ घेदुङ, (इजरायल संस्था ) ले हरेक वर्षहरूमा झै यस वर्ष पनि संस्थाका विधान अनुरुप ऐतिहासिक सातौं वार्षिकोत्सब,एकता दिवस तथा अधिवेशन प्रत्यक्ष कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रम नेफिन इजरायलको कार्यलाय १९ नोभेम्बर २०२१ शुक्रबार साँझ ७ : ०० बजेको लागि तय भएको महासचिव निङमा तामाङले जानकारी दिएका छन् । नेपालका विभिन्न जिल्लाबाट मध्यपुर्वी राष्ट्र इजरायलमा रोजगारीको सिलसिलामा इजरायल गएका तामाङ नाना-आङा, ज्योज्यो-आले समुदायका नेपालीहरु संस्थामा आबद्द छन् । नेपाली तामाङ समुदायको राष्ट्रिय जातीय भाषा, भेषभुषा,धर्म,कला, रितिरिवाज,लिपि,मौलिक, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले सस्थाको स्थापना भएको महासचिव तामाङले जनाएका छन् । हाल संस्थाले तामाङ समुदायको हक र अधिकार प्राप्तिको लागि बुलन्द अवाज उठाउदै सबै संस्थाहरु एकताबद्ध बनाउदै आएको समेत महासचिव तामाङले उल्लेख गरे ।

इजरायलमा रहनुहुने सम्पुर्ण तामाङ जनहरुले सदस्यता लिनुभई तामाङ समुदायको पहिचानलाई संरक्षण र सम्बर्द्धन गराउन साथ दिनुहुन अपिल गरेका छन्। कार्यक्रम सब्य र भव्य रुपमा सफल पारिदिनुहुन इजरायलमा आबद्ध विभिन्न राजनीतिक,धार्मिक,समाजिक संघ संस्थाहरुका अध्यक्ष ज्युहरु,एवं पदाधिकारी ज्युहरु,मिडियाकर्मिज्युहरु,लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको निमित्त समेत अनुरोध गरेका छन्।

 

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ कार्तिक ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP