काठमाडौँ : वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ४ जनाको ज्यान गएको छ । त्यस्तै २ जना बेपत्ता भएका छन् ।
खर्पेलगाउँस्थित बिचदउडामा मंगलबार राति माथिबाट खसेको पहिरोले घर पुरिँदा धनबिरे शाही, कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोराको ज्यान गएको हो ।
घरपछाडिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएकामध्ये कलबहादुर, उनकी श्रीमती आशा, ५ र ३ वर्षीय छोरासहित ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। बेपत्ता भएका घरधनी धनबिरे र ११ वर्षका छोराको भने खोजी भइरहेको छ । पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...