२०८३ बैशाख ९
April 22, 2026, Wednesday

यसरी आउथ्यो उतिबेला दशैं

यसरी आउथ्यो उतिबेला दशैं

 

सबिना ‘जिज्ञासु’  –उतिबेला दशैंको माहोल नसकिंदै म आमालाई सोध्न थाल्थे आमा अब फेरि दशै कहिले आउछ ?  उहाँले भन्नु हुन्थ्यो, अब अर्को वर्ष । मलाई त्यो, अर्को बर्ष कहिले हो ?  के – के काम भ्याईसक्दा दशै आउने हो कुनै ठोस ज्ञान थिएन् । मलाई यति थाहा थियो की, कोदो फुल्न लाग्दा, सयपत्रि फुल फुल्न सुरु गर्दा, अनि बारीमा तोरी छाट्ने बेला दशै आउँछ । म महिनौसम्म भरखर सुत्ला च्याप्दै गरेको मकैबारीभित्र कोदो रोप्ने मेलो बनाउदा बनाउदा आलु भात खाँदा खाँदा कोदालो खन्दा खन्दा थाकेको, गलेको, भोकाएको, भएर पो होकी भोलि नै दशै भईदिए पनि हुन्थ्यो भन्ने खालको विचार मनमा उठ्ने गथ्र्यो । कोदालो खनेर ज्यान थकित भएर कोदालोको बिँडमाथि बसेर फेरि म दशै आउन बाँकी रहेको २ महिनालाई दोहोर्याई,तेहेर्याई गन्थे । त्यसरी आउथ्यो हाम्रो घर गाँउमा दशै ।

घाँस काट्दा होस, दाउरा चिर्दा होस या कुनै मेलापातमा म आमालाई बार बार, फेरि फेरि सोध्थे अब त २० दिन जति बाँकी होला है आमा दशै आउँन् । त्यो बेला दशै किन विशेष लाग्थ्यो कुन्नी । सायद नयाँ कपडा ज्यानले फेर्न पाउने भएर पनि होला अनि दशैमा फुलपातीमा भित्रिने राँगा, संगुर आदिको मासु, चिउरा, एक दुई खापा केरा सम्झेर त होला, हाम्रो गाउँमा धान फल्दैन् सायद त्यहि एकदिन भएपनि चामलको भात खान पाईने लोभले पो होकी दशै आजै आओस भोलि नै आओस हुन्थ्यो । केरा, चिउरा, दही, नयाँ कपडा आदिलाई रातदिन सम्झना गर्दा गर्दा बल्ल सोह् श्राद्ध सुरु हुन्थ्यो । हामी केटाकेटीहरुको पर्खाईलाई मध्यनजर राख्दै दशै सुरु हुन्थ्यो । उतिबेला कति दशै त स्कुलको पोशाक लगाएरै गए । तर, दशैमा जिद्दी गरेरै भएपनि कमसेकम एक जोर कुर्ता सरवाल भने लगाउन पाईन्थ्यो । नयाँ कपडा लगाउने दिन गन्दै आउथ्यो उतिबेलाको दशै ।

नौरथा सुरु भएपछि बाटोमा हजारौं परदेशिहरु परदेशबाट फर्कदै गरेका देखिन्थे, कति सहरदेखि गाउ फर्कनेहरु पनि, मेरो पनि बाबा परदेशमा हुनुहुन्थ्यो । त्यसैले होला बाबाको याद गदै दशै आउथ्यो उतिबेला । काठमाण्डौबाट फलाना आउँदै छ, सबै बाटोघाटो सफा सुग्घर राख्नुपर्छ भन्दै कोदालीले बर्खामा पलाएको झार, दुबो तास्दै, उखेल्दै आउथ्यो पहिला पहिला दशै । गाउँका घरहरु माटाका हुन्छन् । जसरी पनि दशैमा लिपपोत गर्ने गरिन्छ । घर लिप्नलाई सामान्य रातो माटो आफ्नै बारीतिरदेखि नत्र राम्रो रातो माटो खोज्दै खन्दै बोक्दै घर लिपपोतमा सघाउँदै आउथ्यो हाम्रो दशैं । आमाले वर्षदिनभरि चानचुन पैसा खाई नखाई थैलीमा च्यापेर राख्थिन् । सोही पैसा बाहिर निकालेर फलानालाई यति यसरी दिने भन्दै भाग लगाएको देख्दै आउथ्यो दशै । सिलाउन दिएको सादा कपडाको कुर्ता ल्याएर वल्लो पल्लो घरका मान्छेहरुलाई देखाउँदै आउथ्यो दशैं ।

वर्षदिनभरि खेतबारीको काम, घाँस दाउरा गरेर थाकेको ज्यान, सुकेको घाँटी दहीले भिजाउँदै, दुई चार फोटो खिचाउँदै अनि आफन्त, इष्टमित्रहरुसंग भेटाउँदै आउथ्यो उतिबेला दशै । त्यति एकदिन दशै मनाउनको लागि ५ दिनअघिदेखि तयारी सुरु गर्नुपथ्र्यो घाँस,  दाउरा,स्याउला सबै सबैको । गाउँका सबै घरघरका छोराछोरीहरुलाई आफ्नो – आफ्नो काम छुट्याईएको हुन्थ्यो  । फलानाले यति भारी दाउरा खोज्ने फलानाले यति मुठ्ठा घाँस काट्ने आदि आदि । घाँस दाउराको जोहो गर्ने चटारोकै बिच दशै आउथ्यो म सानो छंदा । दशैमा त दही चिउरा थरिथरिका मासु खान पाईन्छ भन्ने कल्पना गर्दा गदै अनि ९ – १० दिनभरि मासु नै मात्रको तरकारी खाएर हर्षोल्लासका साथ टिका लगाएर मनाईन्थ्यो दशैं । गाउँका दुई चार घरमा मात्र टिका थाप्न जाने गरिन्थ्यो कसले कति रुपैया दिए, के – के खानेकुरा देलान? यस्तै यस्तै कुरा सोच्दै चानचुन पैसा गन्दै, यो पैसाले के किन्ने होला ? कल्पना गदै दशै आउथ्यो म सानो छँदा । आमाहरुले छोराछोरीको दशै हाम्रो दशा भन्दै रातभर गुनगुनको सल्लाह सुन्दै आउथ्यो दशै । दशै अझै नगईदिए हुने भारको मासु सँधै खान पुग्ने भए हुने भन्दा भन्दै छोडेर जान्थ्यो दशैले फेरि कोदो फुल्दा अनि पानी पर्न छाडेपछि आउँछु भन्ने संकेत दिंदै ।

साँनो छँदा दशैं जसरी मनाईयो अहिले त सहरीया भएर होकी, सिमेन्ट ईट्टाको घरले माटोको घरलाई बिसाईदिएर होकी, गाई वस्तुलाई घाँसको जोहो गर्न नपर्ने भएर होकी, आफैले फलाएर चामलको भात अनि घर अगाडि बदशाला भएर पो हो कुनैपनि दिन, समय दशैजस्तो पिटिक्कै लाग्न सकेन् । अहिले त फिक्का फिक्का, खल्लो खल्लो लाग्दै आउँछ दशैं, उतिबेला म बच्चा देखेर पो होकी धेरै याद र खुशीहरु छोडेर जान्थे दशैले । घरमा आउने आफन्तले तिमी त ठूली भयौं मिठाई खान पाउँदैनौ भने जस्तै उमेर बढ्दै गएपछि दशैंले मलाई पहिलाको जस्तो उमंग, जोश, रहर दिन नखोजेको पो हो की ?

Related News

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ आश्विन २८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

जनादेश परिवर्तनको: अब रास्वपाले विश्वास जोगाउने कि इतिहास दोहोरिने ?
जनादेश परिवर्तनको: अब रास्वपाले विश्वास जोगाउने कि इतिहास दोहोरिने ?
  • २०७८ आश्विन २८

कोशीपारी अनलाइन सम्पदकीय फागुन २३, काठमाण्डौं नेपालको पछिल्लो निर्वाचन परिणामले देशको राजनीतिक परिदृश्यलाई नयाँ मोडमा ल्याइदिएको छ। प्रारम्भिक मत परिणाम...

राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
  • २०७८ आश्विन २८

कोशीपारी अनलाइन माघ २८, काठमााण्डौं विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा...

TOP