२०८३ बैशाख ९
April 22, 2026, Wednesday

एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट रेल्वे विधेयक फिर्ता लिने सिफारिस स्वीकृत

एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट रेल्वे विधेयक फिर्ता लिने सिफारिस स्वीकृत

काठमाण्डौं : रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पेस गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले स्वीकृत गरेको हो।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदहरूले नाराबाजी गरेका थिए। संसदीय सर्वोच्चता कायम गर, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैनलगायतका नारा लगाएका थिए। एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनको पत्र पढेर सुनाए। एमाले सांसदहरूले नाराबाजी नरोकेपछि बैठक कात्तिक ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन २५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP