काठमाण्डौं : संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
यो बैठकमा एक मात्रै कार्यसूची रहेको छ। मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची छ । दिउँसो बस्ने प्रतिनिधिसभा बैठक नेकपा एमालेले अवरोध गर्ने भएको छ । यसअघि पनि एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । यो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने भएको हो। वैशाख २७ मा ह्विप उलंघन गरेको आरोपसहित कारवाही गरिएका माधव नेपालसहित १४ जना सांसदको सूचना नटाँसेसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...