काठमाण्डौं : संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
यो बैठकमा एक मात्रै कार्यसूची रहेको छ। मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची छ । दिउँसो बस्ने प्रतिनिधिसभा बैठक नेकपा एमालेले अवरोध गर्ने भएको छ । यसअघि पनि एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । यो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने भएको हो। वैशाख २७ मा ह्विप उलंघन गरेको आरोपसहित कारवाही गरिएका माधव नेपालसहित १४ जना सांसदको सूचना नटाँसेसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...