२०८३ बैशाख ९
April 22, 2026, Wednesday

कांग्रेसमा सदस्यता विवाद : सुर्खेत र डोल्पामा अझै हुन सकेन वडा अधिवेशन

कांग्रेसमा सदस्यता विवाद : सुर्खेत र डोल्पामा अझै हुन सकेन वडा अधिवेशन

 

काठमाण्डौं : कर्णालीका पाँच सय ५३ वटा वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सकिएको छ। कर्णालीका १० जिल्लामध्ये नेपाली कांग्रेसको डोल्पा र सुर्खेत जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सल्यान र रुकुमपश्चिममा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

डोल्पा र सुर्खेतमा भने सदस्यता विवादका कारणले वडा अधिवेशन हुन सकेको छैन । डोल्पामा पार्टी सभापति अंगदबहादुर बुढाले राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा समायोजन भएका केन्द्रीय सदस्य कर्ण बुढाले एकलौटी क्रियाशील सदस्य दिएको विरोधमा गदै आएका कारणले वडा अधिवेशन हुन सकेको छैन । सुर्खेतमा अखण्ड पार्टीबाट आएका एकजनाले बढी क्रियाशील बनाएको भन्दै विवाद हुँदै आएको छ।

सदस्यता विवादका कारणले सुर्खेतमा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको पार्टी सदस्यता विवादका कारणले सुर्खेतमा वडा अधिवेशन अनिश्चित बनेको हो । सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३, ६, ८ र ११ का सदस्यता विवाद कारणले वडा अधिवेशन हुन नसकेको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा भने क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन अन्योलमा छ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP