काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सम्पूर्ण कुरा ठप्प हुने भन्दै प्रतिपक्षको विरोधकै बाबजुद पनि पारित गरेको बताएका छन् ।
सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ ।
‘प्रतिपक्षीसँग वार्ता र संवादलाई निरन्तरता दिइराखेका छौं, तर लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले सँगसँगै लैजानुपर्ने बाध्यता हो’ उनले भने ।
उनले तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको कुनै योजना नकाटेको बरु आफूले राजस्व बढाउने लक्ष्य राखेको समेत मन्त्री शर्माले दावी गरे ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...