२०८३ बैशाख ९
April 22, 2026, Wednesday

आफू नेत्तृत्वको लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र तिनका मालिकलाई विभूषण दिइयो : ओली

आफू नेत्तृत्वको लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र तिनका मालिकलाई विभूषण दिइयो : ओली

 

काठमाण्डौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको विरोध गर्ने, मिडियाका मालिक र पत्रकारलाई अहिलेको सरकारले विभूषण प्रदान गरेको भन्दै आरोप लगाएका छन् । आईतबार च्यासलमा आयोजित संविधान दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘अघिल्लो सरकार,जो लोकप्रिय सरकार थियो, जो विकासप्रेमी सरकार थियो। सुशासनका लागि लड्थ्यो। त्यो सरकारको विपक्षमा खोइरो खनेर निराधार एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठिक, बेठिक समाचार दिएर देशलाई भड्खालामा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका मालिकहरू ठूला ठूला पदकहरूबाट विभुषित भए’, उनले भने।

‘मुद्दा जिताइदिने हराइदिने, आँखामा पट्टी बाँध्ने । आँखामा पट्टी बाँधे पनि तराजु त छामे पनि देखिन्थ्यो नि,’ ओलीले भने,‘ यो सबैका लागि लज्जाजनक विषय हो। इतिहासले निर्मम मूल्याङ्कन गर्नेछ।’

पूर्व प्रधानमन्त्री ओलीले कमसेकम खोज पत्रकारीता गर्ने, लोकतन्त्रको पक्षमा र पत्रकारीताको पक्षमा पत्रकारीताको धर्म निर्वाह गर्ने पत्रकारहरुलाई सम्मान गर्नुपर्ने बताए ।उनले जे पायो त्यहि विषयमा मुद्दा हाल्ने, जे पायो त्यहि लेख्ने, झगडियाहरु सम्मानित भएको भन्दै दुई चार जना छुटेको जस्तो लागेको समेत बताए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP