७ असार २०७८, कोशीपारी अनलाइन /एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘सी’ र समूह ‘बी’ मा अन्तिम चरणका खेलहरु हुनेछ । समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ । नेदरल्यान्ड्स समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको छ । नर्थ म्यासेडोनिया समूह चरणबाट बाहिरिसकेको छ । युक्रेनले अष्ट्रियासँग बराबरी वा जित निकाले दोस्रो स्थान पक्का गर्दै अन्तिम १६ मा प्रवेश गर्नेछ । यता, अष्ट्रियाले युक्रेनलाई हराउन सके दोस्रो स्थान पक्का गर्नेछ । बराबरी वा हारले समूह चरण पार गर्न अन्य टोलीको नजिता कुर्नुपर्नेछ हुन्छ । यस्तै समूह ‘बी’ मा रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीचको खेल नेपाली समयअनुसार एकै समयमा राति १२:४५ बजे हुनेछ । अन्तिम १६ मा स्थान पक्का गरेको बेल्जियमले अर्को खेलमा बराबरी मात्र गरेपनि शीर्षस्थान हासिल गर्नेछ । बेल्जियमलाई हराउन सके फिनल्यान्डल अघिल्लो चरण प्रवेश गर्नेछ । यदि बराबरीमा रोकिएको खण्डमा रसियाले हार्नुपर्नेछ । डेनमार्कलाई हराउन सके रसिया अन्तिम १६ मा पुग्नेछ । यदि बराबर भएको खण्डमा भने बेल्जियमले फिनल्यान्डबाट अंक खोस्नुपर्नेछ । डेनमार्कलाई दोस्रो स्थान हासिल गर्न रसियालाई पराजित गरेर बेल्जियमले फिनल्यान्डलाई हराउनुपर्नेछ । दुवै खेलको गोलअन्तरले पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...