२०८३ बैशाख १८
May 1, 2026, Friday

काभ्रेको कात्तिके देउरालीमा टिपर दुर्घटना, चालकको घटना स्थलमै मृत्यु, १ जना गम्भीर घाइते

काभ्रेको कात्तिके देउरालीमा टिपर दुर्घटना, चालकको घटना स्थलमै मृत्यु, १ जना गम्भीर घाइते

०५ जेष्ठ २०७८, कोशीपारी अनलाइन / संवाददाता- काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ कात्तिके देउरालीमा टिपर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको र १ जना गम्भीर घाइते भएको खबर प्राप्त भएको छ । मृतकको नाम र ठेगाना हाल सम्म खोल्न सकेको छैन भने घाइते रामेछाप गुन्सीका धनदोर्जे बम्जन रहेको खुलेका छन् । घाइतेको स्थानिय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समा धुलिखेल पठाएको जानकारी स्थानिय स्रोतले दिएका छन् । कात्तिके देउरालीकै स्वास्थ्य चौकी निर्माणकार्यको लागि ढुङ्गा ओसार्ने क्रममा टिपर उकालो चढ्न लाग्दा बाटो चिप्लो भएको कारण चिप्लिएर टिपर दुर्घटना हुन सक्ने त्यहाका स्थानिय प्रत्यक्षदर्शीले अनुमान लगाएका छन् । टिपर सडकबाट करिब ५० मिटर तल खासेको र टिपरको केही भागमा पुर्ण क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP