२०८२ कार्तिक २३
November 9, 2025, Sunday

काभ्रेको कात्तिके देउरालीमा टिपर दुर्घटना, चालकको घटना स्थलमै मृत्यु, १ जना गम्भीर घाइते

काभ्रेको कात्तिके देउरालीमा टिपर दुर्घटना, चालकको घटना स्थलमै मृत्यु, १ जना गम्भीर घाइते

०५ जेष्ठ २०७८, कोशीपारी अनलाइन / संवाददाता- काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ कात्तिके देउरालीमा टिपर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको र १ जना गम्भीर घाइते भएको खबर प्राप्त भएको छ । मृतकको नाम र ठेगाना हाल सम्म खोल्न सकेको छैन भने घाइते रामेछाप गुन्सीका धनदोर्जे बम्जन रहेको खुलेका छन् । घाइतेको स्थानिय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समा धुलिखेल पठाएको जानकारी स्थानिय स्रोतले दिएका छन् । कात्तिके देउरालीकै स्वास्थ्य चौकी निर्माणकार्यको लागि ढुङ्गा ओसार्ने क्रममा टिपर उकालो चढ्न लाग्दा बाटो चिप्लो भएको कारण चिप्लिएर टिपर दुर्घटना हुन सक्ने त्यहाका स्थानिय प्रत्यक्षदर्शीले अनुमान लगाएका छन् । टिपर सडकबाट करिब ५० मिटर तल खासेको र टिपरको केही भागमा पुर्ण क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP