०५ जेष्ठ २०७८, कोशीपारी अनलाइन / संवाददाता- काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ कात्तिके देउरालीमा टिपर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको र १ जना गम्भीर घाइते भएको खबर प्राप्त भएको छ । मृतकको नाम र ठेगाना हाल सम्म खोल्न सकेको छैन भने घाइते रामेछाप गुन्सीका धनदोर्जे बम्जन रहेको खुलेका छन् ।
घाइतेको स्थानिय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समा धुलिखेल पठाएको जानकारी स्थानिय स्रोतले दिएका छन् । कात्तिके देउरालीकै स्वास्थ्य चौकी निर्माणकार्यको लागि ढुङ्गा ओसार्ने क्रममा टिपर उकालो चढ्न लाग्दा बाटो चिप्लो भएको कारण चिप्लिएर टिपर दुर्घटना हुन सक्ने त्यहाका स्थानिय प्रत्यक्षदर्शीले अनुमान लगाएका छन् । टिपर सडकबाट करिब ५० मिटर तल खासेको र टिपरको केही भागमा पुर्ण क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...