२०८३ बैशाख १८
May 1, 2026, Friday

सर्वोच्चले सुरुवात गर्यो अनलाइनबाट भर्चुअल सुनुवाइ

सर्वोच्चले सुरुवात गर्यो अनलाइनबाट भर्चुअल सुनुवाइ

०४ जेठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौँ — सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाट भर्चुअल सुनुवाइको सुरुवात गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले भर्चुअल सुनुवाइ थालेको हो । सिन्हाको एकल इजलासमा मंगलबार ६ वटा बन्दीप्रत्यक्षीकरणको निवेदन पेशीमा परेका थिए ।

सिन्हाको इजलासमा रहेका ६ वटै मुद्दाका कानुन व्यवसायीहरुले अनलाइनबाट बहस गरेका थिए । सर्वोच्चले यसरी भर्चुअल सुनुवाई गर्दा कानुन व्यवसायीहरुलाई कार्यालय(ल फर्म) वा घरबाट मुद्दाको बहस गर्ने सुविधा दिएको छ ।

सुनुवाइ गर्ने न्यायाधीश भने सर्वोच्च अदालतको इजलासमा नै उपस्थित हुन्छन् । प्रारम्भिक सुरु भएका भर्चुअल सुनुवाइ गर्ने इजलासहरुमा कानुन व्यवसायीहरुलाई भौतिक रुपमा उपस्थित हुने अनुमति छैन । तर सर्वोच्च अदालतमा उपस्थित हुन चाहेमा सञ्चार कक्षमा बसेर नै भर्चुअल बहसमा सहभागी हुनसक्ने सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए ।

न्यायाधीश सिन्हाको इजलासमा भएका ६ वटा निवेदनहरुमाथिकै सुनुवाइ अनलाइनबाट भएको हो । सुरुवातमा एउटा इजलासबाट भर्चुअल बहसको सुरुवात भएको र यसलाई सरोकारवालाहरुसँगको समन्वयमा अरु इजलासमा पनि विस्तार गरिने सर्वोच्च अदालतले जनाएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP