३० बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौँ — माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्दै झलनाथ खनाल-माधवकुमार नेपाल समूहका एक नेता योगेश भट्टराईले अब पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।
पार्टी सचिव तथा नेपाल समूहका नेता योगेश भट्टराईले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही गरेर भएको आफ्नो गल्ती अध्यक्ष ओलीले सच्याएको कान्तिपुरसँग बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने गत चैत महिनाको निर्णय फिर्ता लिएको थियो । उक्त बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सञ्चालनबारे आफूमा भएका सबै अधिकार दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताएका थिए ।
स्थायी कमिटीको उक्त निर्णपछि सचिव योगेश भट्टराईले अब पार्टीलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाअनुसार २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् । ‘हाम्रो मुख्य कुरा भनेको २०७५ जेठ २ गतेको अवस्थाबाट नेकपा (एमाले)लाई सञ्चालन गर्नुपर्छ भन्ने हो । त्यसमा अध्यक्षबाट सकारात्मक सम्बोधन हुनेछ भन्ने अपेक्षा छ,’ चार नेतालाई गरिएको कारबाही फुकुवाको निर्णयबारे उनले भने, ‘यो कारबाही गर्नु आवश्यक थिएन । उहाँहरूले गल्ती गर्नुभएको थियो, आफ्नो गल्ती सच्याउनुभयो ।’
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...