२० वैशाख, काठमाडौं । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी साउन १ गतेबाट लागू हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको हो ।
मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ । यससँगै अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ ।
यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३४५० रुपैयाँ रहेको थियो । आधारभूत पारिश्रमिक ९३८५ मा ५६१५ रुपैयाँ महंगी भत्ता थप गरी १५ हजार पारिश्रमिक पुर्याइएको मन्त्रालयले जनाएको छ ।
अब नेपालमा श्रमिकले दैनिक ५७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ आम्दानी गर्न सक्ने भएका छन् । यसअघि दैनिक ५१७ रुपैयाँ र प्रतिघण्टा ६९ रुपैयाँ रहेको थियो । तोकिएको पारिश्रमिकको अतिरिक्त श्रम ऐनअनुसार पाउने सञ्चयकोष, उपदानसहितका सुविधा समेत उद्योग-प्रतिष्ठानले प्रदान गर्नुपर्नेछ ।
स्थानीय सरकारहरुले आफैले न्यूनतम पारश्रमिक तोक्न सक्ने अधिकारको प्रयोग गर्दा समेत अब अहिले तोकिएभन्दा कम हुनु नहुने गरी नियम बनेको छ । तोकिएकोभन्दा कम पारिश्रमिक दिने गरी रोजगार सम्झौता गर्न पाइने छैन ।
सरकारले पारिश्रमिक बढाएपनि उद्योगी र व्यवसायीले सहमति जनाएका छैनन् । उनीहरूले महामारीमा पारिश्रमिक बढाएमा त्यसले व्यवसायिक क्षेत्र थप समस्यामा पर्ने बताउँदै आएका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...