२०८२ कार्तिक २१
November 7, 2025, Friday

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, साउनबाट मासिक १५ हजार

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, साउनबाट मासिक १५ हजार

२० वैशाख, काठमाडौं । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी साउन १ गतेबाट लागू हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको हो ।

मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ । यससँगै अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ ।

यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३४५० रुपैयाँ रहेको थियो । आधारभूत पारिश्रमिक ९३८५ मा ५६१५ रुपैयाँ महंगी भत्ता थप गरी १५ हजार पारिश्रमिक पुर्‍याइएको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा श्रमिकले दैनिक ५७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ आम्दानी गर्न सक्ने भएका छन् । यसअघि दैनिक ५१७ रुपैयाँ र प्रतिघण्टा  ६९ रुपैयाँ रहेको थियो । तोकिएको पारिश्रमिकको अतिरिक्त श्रम ऐनअनुसार पाउने सञ्चयकोष, उपदानसहितका सुविधा समेत उद्योग-प्रतिष्ठानले प्रदान गर्नुपर्नेछ ।

स्थानीय सरकारहरुले आफैले न्यूनतम पारश्रमिक तोक्न सक्ने अधिकारको प्रयोग गर्दा समेत अब अहिले तोकिएभन्दा कम हुनु नहुने गरी नियम बनेको छ । तोकिएकोभन्दा कम पारिश्रमिक दिने गरी रोजगार सम्झौता गर्न पाइने छैन ।

सरकारले पारिश्रमिक बढाएपनि उद्योगी र व्यवसायीले सहमति जनाएका छैनन् । उनीहरूले महामारीमा पारिश्रमिक बढाएमा त्यसले व्यवसायिक क्षेत्र थप समस्यामा पर्ने बताउँदै आएका छन् ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ बैशाख २०

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ बैशाख २०

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ बैशाख २०

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP