कोशीपारी अनलाईन
२०७८ वैशाख १२, काठमाण्डौ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. ले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास (Q3) रिपोर्ट (अपरिष्कृत) प्रकाशित गरेको छ जसमा ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको विवरण उल्लेख छ । उक्त नाफा गत वर्षको भन्दा १९१.५६% धेरै हो । गत वर्ष कम्पनीले २ करोड ६८ लाख ६८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । त्यस्तै कम्पनीले खुद ब्याज आम्दानी पनि ११९.१८% ले बढाएर २० करोड ३० लाख ६९ हजार रुपैयाँ पुर्याएको छ ।
आरम्भ लघुवित्त र चौतारी लघुवित्त मर्ज भइ बनेको आरम्भ चौतारी लघुवित्तले २०७७ असार २२ गतेदेखि एकिकृत कारोबार शुरु गरेको थियो । मर्जरपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) मजबुत बन्दै गएको छ।
सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.५७ गुणा रहेको छ ।
कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...
कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...