पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग शान्तिपूर्ण सम्बन्ध चाहेको बताउनुभएको छ । गत मार्च २३ मा पाकिस्तानको गणतन्त्र दिवसको अवसरमा भारतीय सकमक्षी नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देशको जवाफ दिदै प्रधानमन्त्री खानले आफू र आफ्ना जनताले भारतसहित सबै छिमेकी मुलुकहसँग शान्ति र सहकार्यपूर्ण सम्बन्ध चाहेको बताउनुभएको हो । खानले पठाएको जवाफी पत्र सार्वजनिक भने गरिएको छैन । पत्रमार्फत काश्मिर क्षेत्रमा भएको विवाद र दुवै पक्षबीच देखिएका सबै समस्याको समाधानका लागि समेत आग्रह गरिएको श्रोतलाई उदृत गर्दै अलजजिराले उल्लेख गरेको छ । पत्रमा भनिएको छ, ‘दक्षिण एसियाको शान्ति र स्थिरता, भारत र पाकिस्तानबीचको सम्बन्धमा निर्भर छ, विशेषगरी जम्मु र कश्मिरको विवाद समाधान गर्न आवश्यक छ । त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले पठाएको शुभकामना सन्देशमा पनि दुई वटा आणविक शक्ति राष्ट्रबीच शान्तिपूर्ण सम्बन्धका लागि आग्रह गरिएको थियो ।’ सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएयता दुई मुलुकबीच तनावपूर्ण सम्बन्ध रहदै आएको छ । सन् २०१९ मा सीमामा भएको झडप तथा दुवै मुलुकले सैन्य विमान एक अर्काको भूमिमा पठाएपछि तनाव चुलिएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...