२०८३ बैशाख ४
April 17, 2026, Friday

अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने काम गरिरहेको खनाल–नेपाल समुहको आरोप

अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने काम गरिरहेको खनाल–नेपाल समुहको आरोप

नेकपा एमालेको वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने काम गरिरहेको आरोप लगाएको छ । सो समूहले आज संयुक्त वक्तव्य जारी गर्दै अध्यक्ष नै पार्टी विभाजनमा लागेको आरोप लगाएका हुन् ।  सो समूहले जारी गरेको विज्ञप्तिमा नेपाली जनताले ५ वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बनेका ओलीले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम गरिरहेको उल्लेख छ । पार्टीलाई जोगाउने आफूहरूको प्रस्ताव ओलीले अस्वीकार गरेको पनि सो समूहको आरोप छ । फागुन २३ गतेको सर्वोच्चको फैसलापछि ओलीले पार्टीभित्र स्वेच्छाचारी गतिविधि अगाडि बढाएको खनाल नेपाल समूहको ठहर छ ।  वरिष्ठ नेता नेपाल र नेता भीम रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य भएको सो समूहको निष्कर्ष छ । ओलीले पार्टीभित्र अन्तद्र्धन्द्व चर्काउन दुराशय राखेको पनि खनाल नेपाल समूहको बुझाइ छ । सरकार भ्रष्टाचारमा लागेको पनि यो समूहले आरोप लगाएको छ । खनाल नेपाल समूहले पार्टीभित्र विभाजनको पक्षमा लागेका ओलीको कदमको विरोध गर्न कार्यकर्तालाई आग्रह गरेको छ । 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP