नेकपा एमालेको वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने काम गरिरहेको आरोप लगाएको छ । सो समूहले आज संयुक्त वक्तव्य जारी गर्दै अध्यक्ष नै पार्टी विभाजनमा लागेको आरोप लगाएका हुन् । सो समूहले जारी गरेको विज्ञप्तिमा नेपाली जनताले ५ वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बनेका ओलीले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम गरिरहेको उल्लेख छ । पार्टीलाई जोगाउने आफूहरूको प्रस्ताव ओलीले अस्वीकार गरेको पनि सो समूहको आरोप छ । फागुन २३ गतेको सर्वोच्चको फैसलापछि ओलीले पार्टीभित्र स्वेच्छाचारी गतिविधि अगाडि बढाएको खनाल नेपाल समूहको ठहर छ । वरिष्ठ नेता नेपाल र नेता भीम रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य भएको सो समूहको निष्कर्ष छ । ओलीले पार्टीभित्र अन्तद्र्धन्द्व चर्काउन दुराशय राखेको पनि खनाल नेपाल समूहको बुझाइ छ । सरकार भ्रष्टाचारमा लागेको पनि यो समूहले आरोप लगाएको छ । खनाल नेपाल समूहले पार्टीभित्र विभाजनको पक्षमा लागेका ओलीको कदमको विरोध गर्न कार्यकर्तालाई आग्रह गरेको छ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...