२०८३ बैशाख ५
April 18, 2026, Saturday

एनआरएनएको १२औं महाधिवेशन टुटेका र फुटेका मनहरु जोड्ने माध्यम बन्नुपर्छ : रोबिन शेरचन

एनआरएनएको १२औं महाधिवेशन टुटेका र फुटेका मनहरु जोड्ने माध्यम बन्नुपर्छ : रोबिन शेरचन

कोशीपारी अनलाइन
फागुन ३०, काठमाण्डौं

गैर आवासीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष रोबिन शेरचनले संस्थाभित्र बृहत एकताका लागि सबैले आ–आफ्नो स्थानबाट त्याग र योगदान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले १२ औं महाधिवेशनले संस्थाभित्र बृहत एकता कायम गर्ने पनि विश्वास व्यक्त गरे । हाल रहेको असहमति र गुट उपगुटको अन्त्य यसै पटक गरेर मुलुकको समृद्धिका लागि एकताबद्ध हुनुपर्नेमा उनको जोड छ ।

‘पछिल्लो समय संस्थाभित्र देखिएका असहमतिहरु थिए । गुटहरु थिए । तर अब १२ औं महाधिवेशनबाट एकतामा बाँधेर एक ढिक्का बनाएर लैनाने विशषय हाम्रो विशेष एजेन्डा बन्नुपर्छ । यस पटकको अधिवेशन एकताको सुत्रमा बाँध्ने अधिवेशन बन्नुपर्छ । त्यसका लागि मैंले अधिकतम जमर्को गरेको छु,’ उनले भने,‘गैरआवासीय नेपालीहरुको मुद्दामा सशक्त रुपमा अगाडि बढ्नेगरी काम गर्नुपर्ने बेला आएको छ ।’

आफू व्यवसायी भएको उल्लेख गर्दै शेरचनले व्यवसायी, श्रमिक र विद्यार्थीको मुद्दालाई फरक फरक रुपमा उठाउनुपर्नेमा उनको जोड छ । विश्वका विभिन्न देशमा सफल रहेका नेपालीहरु, श्रमिक वर्ग, व्यवसायी एवम विद्यार्थीहरु साथै ज्ञानसीप भएका नेपालीहरुलाई नेपालसँग जोड्नुपर्ने आवश्यक्ता रहेको उनले औंल्याए । विश्वभरका नेपालीहरु यतिबेला देश निर्माणमा जुट्नुपर्ने उनको भनाइ छ ।

एनआरएनए डेभलपमेन्ट फण्डलाई सक्रिय बनाउन विभिन्न झन्झटिला नीतिगत समस्याहरु रहेको बताएका उनले त्यसका लागि काम गर्नुपर्ने बेला आएको औंल्याउँदै उनले उक्त फन्ट देशसँग जोडिने, आर्थिक विकाससँग जोडिने उचित माध्यम भएको बताए ।

३८ वर्ष जापानमा बसेर व्यवसाय गर्दा आफूले हासिल गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा जोड्ने लक्ष्य रहेको सुनाउँदै शेरचनले एनआरएनए नागरिकता कार्यान्वयनमा जोड दिए । ‘नागरिकता ऐनमा भएको व्यवस्था वा सुविधाहरु कार्यान्वयन हुनु जरुरी छ । एक पटकको नेपाली सँधैको नेपाली भन्ने जुन मन्त्र छ त्यसलाई सार्थकता पाउनुपर्ने बेला आएको छ । त्यसका लागि सरकारसँग लबिङ गर्न आवश्यक छ,’ उनले भने ।

राजनीतिक अधिकार बाहेक अरु सबै अधिकार पाउने हो भने विदेशमा रहेका धेरै नेपालीहरु नेपालमा आएर लगानी गर्न सक्ने बताउँदै उनले एकताबद्ध एनआरएनएमार्फत तमाम मुद्दाहरुलाई सार्थकता पाउन ढिला भएको उनको बुझाइ छ ।

यतिबेला संस्था जटिल परिस्थितिमा रहेकाले सबैले इगो त्याग्नुपर्नेमा जोड दिंदै शेरचनले संस्था विभाजन हुँदा मुद्दाहरु विभाजित भएको र सरकारलाई दबाब दिन समस्या भएको उनले धारणा राखे । नेपालमा लगानी गर्ने कुरामा पनि एकतावद्ध एनआरएनए आवश्यक रहेको उनको भनाइ छ ।

एनआरएनएका सबैखाले मुद्दामा संस्थागत लबिङ कमजोर बन्दै गएको औंल्याउँदै शेरचनले फुटेका र टुटेका मनहरु अब एक हुनुपर्ने उनले बताए । संस्थाको मेम्बरसिप खुलाउने प्रक्रिया गलत रहेको बताउँदै उनले त्यसमा सुधार आवश्यक रहेको पनि औंल्याए ।

विधान संशोधन गरेर मेम्बरसिप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा पनि शेरचनले जोड दिए । ‘डिजिटल प्रणाली र फिजिकल प्रणालीले द्वन्द्व सिर्जना गरेको छ । यसमा तत्काल सुधार जरुरी छ । विधान संशोधन जरुरी छ । म आफू फिजिकल प्रणालीमै निर्वाचन गराऔं, जसले मुलुकको अर्थतन्त्र र पर्यटनमा सहयोग पुर्याउँछ,’ उनले भने ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन ३०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP