२०८३ बैशाख १७
April 30, 2026, Thursday

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा ठप्प, बिरामीलाई सास्ती

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा ठप्प, बिरामीलाई सास्ती

कोशीपारी अनलाइन संवाददाता
फागुन २६, मुगु

कर्णाली प्रदेशको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा लामो समयदेखि ठप्प हुँदा बिरामीहरू समस्यामा परेका छन् । अस्पतालमा रहेको एकमात्र एक्सरे मेसिन बिग्रिएपछि सेवा अवरुद्ध भएको हो ।

एक्सरे सेवा बन्द हुँदा कर्णाली प्रदेशका विकट जिल्लाबाट उपचारका लागि आउने बिरामीहरू विशेष रूपमा प्रभावित भएका छन् । दैनिकजसो हुने चोटपटक, दुर्घटना तथा हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीले आवश्यक परीक्षण गर्न नपाउँदा सास्ती खेप्नुपरेको छ ।

जुम्ला जिल्लाका सबै पालिका तथा छिमेकी जिल्लाबाट आउने बिरामीहरू सामान्य चोटपटक, हाडजोर्नी समस्या, छाती तथा फोक्सोसम्बन्धी रोगको परीक्षणका लागि एक्सरेमा निर्भर रहने गर्छन् । तर अस्पतालमै सेवा उपलब्ध नभएपछि उनीहरू निजी मेडिकलहरू धाउन बाध्य भएका छन् ।
स्थानीय नागरिकहरूले अस्पताल प्रशासनले समस्या समाधानतर्फ गम्भीरता नदेखाएको गुनासो गरेका छन् । एक्सरे मेसिन लामो समयदेखि बिग्रिएको भए पनि मर्मत तथा नयाँ उपकरण व्यवस्थापनका लागि ठोस पहल नगरिएको उनीहरूको आरोप छ ।

प्रतिष्ठानका एक्सरे विभागका रेडियोग्राफर सतल रउलेका अनुसार फागुन १९ गते रातिदेखि एक्सरे मेसिन अचानक बिग्रिएको हो । मेसिनको केबिमिटरमा समस्या आएपछि मर्मतका लागि जिल्ला बाहिर पठाइएको उनले बताए ।

“एक्सरे मेसिन बिग्रिएको र चुनाव बिदा पनि सँगै परेकाले मर्मत प्रक्रियामा केही ढिलाइ भएको हो,” रउलेले भने, “अब करिब चार–पाँच दिनभित्र एक्सरे सेवा पुनः सञ्चालनमा आउनेछ ।”

यता प्रतिष्ठानका निर्देशक डा. कमल थानीले मेसिन मर्मतका लागि पठाइएको पुष्टि गर्दै कर्मचारी वा बिरामीबाट औपचारिक गुनासो भने नआएको बताए । उनका अनुसार एक्सरे मेसिनको एक पार्ट बिग्रिएपछि मर्मतका लागि पठाइएको हो । “मेसिन मर्मत भएर नआउँदासम्म यहाँ सिएम प्रविधिबाट जटिल खालका एक्सरे गरिरहेका छौं,” उनले भने, “इमर्जेन्सी केसहरूको उपचार पनि भइरहेको छ । मेसिन बिग्रिने र चुनाव बिदा एकै समयमा परेकाले केही ढिलाइ भयो, अब चाँडै सेवा सुचारु हुन्छ ।”

तर स्थानीय नागरिक र बिरामीहरूले भने स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा उपकरण बिग्रिँदा लामो समय सेवा बन्द हुनु गम्भीर विषय भएको भन्दै तत्काल स्थायी समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP