कोशीपारी अनलाइन संवाददाता
फागुन २५, काठमाण्डौं
कञ्चनपुरको बेलौरी नगरपालिका १० बाट लागूऔषधसहित एक जनालाई प्रक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले शुक्लाफाँटा नगरपालिका-५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्टलाई सवार ८३० मिलिग्राम लागूऔषध खैरासहित प्रक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको से७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार ८३० मिलिग्राम भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७७० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २ जना १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...