२०८३ बैशाख ६
April 19, 2026, Sunday

रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ

रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ

कोशीपारी अनलाइन
फागनु २२, काठमाण्डौं

काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भएको मतदानको गणना जारी छ । शुक्रबार काठमाडौं ४ का रास्वपा उम्मेदवारका मतगणना प्रतिनिधि सुमित खरेलले रास्वपा जितको नजिक रहेको दाबी गरे ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाले प्रत्येक ठाउँबाट ५५ प्रतिशत भन्दा बढी मत प्राप्त गरेकाले रास्वपाका उम्मेदवार जित नजिक रहेको दाबी गरे ।

खरेलले ठुलो संर्घष र राष्ट्रिय राजनीतिका आयामले गर्दा मुस्किलले विजय हुने अनुमान गरेपनि सोचेभन्दा फरक पाएको उल्लेख गरे ।
अब रास्वपाले संसदमा प्रस्तुती र स्थानीय जनताले राखेको अपेक्षा, नागरिकका समस्या, वर्षौदेखि रोकिएको खानेपानी जस्ता समस्या मिलेर समाधान गर्नुपर्ने बताए ।

उक्त क्षेत्रमा कांग्रेसबाट सचिन तिमल्सेना, नेकपा एमालेबाट डा.राजन भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’बाट पुकार बम, नेपाली कम्युनिस्ट पार्टीका इन्द्रकुमार भुसाल र अन्य उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP