२०८३ बैशाख ६
April 19, 2026, Sunday

रामेछापका सबै मतपेटिका सदरमुकाम मन्थली आइपुगे, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

रामेछापका सबै मतपेटिका सदरमुकाम मन्थली आइपुगे, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

कोशीपारी अनलाइन संवाददाता
फागुन २२, रामेछाप

रामेछाप जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम मन्थलीमा सङ्कलन गरिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म जिल्लाभरका सबै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मन्थली ल्याइपु¥याइएको हो ।

जिल्लाका ९६ मतदानस्थल अन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । कार्यालयका अनुसार मतपेटिका संकलनको काम पूरा भएसँगै आज बिहान ९ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

उक्त बैठकमा मतगणनासम्बन्धी प्रक्रिया, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनका विषयमा छलफल गरिने जनाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि मात्रै औपचारिक रूपमा मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाका लागि मन्थलीस्थित मालपोत कार्यालय परिसरमा मतगणनास्थल तयार पारिएको छ । आवश्यक सुरक्षासहित मतगणनाका लागि कर्मचारी तथा प्रतिनिधिहरूलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।

रामेछापमा यसपटक कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका थिए। तीमध्ये ९० हजार ७ सय १० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो कुल मतदाताको करिब ४८ प्रतिशत हो ।

मतदान सम्पन्न भएपछि जिल्लाभरबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याउने कार्य पूरा भएसँगै अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP