२०८३ बैशाख ७
April 20, 2026, Monday

रौतहटमा दिउँसो साढे १२ बजेसम्म ३८ प्रतिशत मतदान, उत्साहजनक सहभागिता

रौतहटमा दिउँसो साढे १२ बजेसम्म ३८ प्रतिशत मतदान, उत्साहजनक सहभागिता

कोशीपारी अनलाइन संवाददाता
फागुन २१, रौतहट

रौतहटमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा दिउँसो १२ः३० बजेसम्म ३८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । हालसम्म करिब १ लाख ६५ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ५ सय ४१ मतदान केन्द्र र २७७ मतदान स्थलहरू तोकिएका छन् । मतदान प्रक्रियालाई सहज बनाउन जिल्ला अदालत गौर, गौर कारागार र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा गरी तीनवटा अस्थायी मतदान केन्द्रको समेत व्यवस्था गरिएको छ ।
शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न जिल्लाभर करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। सुरक्षा संवेदनशीलताका आधारमा मतदान स्थलहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरि वर्गीकरण गरिएको छ ।
अतिसंवेदनशील क्षेत्रहरूमा नेपाली सेनाको हवाई गस्ती र थप कडाइ गरिएको छ । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिइरहेका छन् ।
बिहानैदेखि मतदान केन्द्रहरूमा वृद्धवृद्धा, युवा र महिलाहरूको लामो लाइन देखिएको छ। निर्वाचन प्रमुख दासले जिल्लाभर निकै उत्साहजनक र शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको बताउँदै बाँकी मतदातालाई पनि निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।
सीमा क्षेत्रमा ७२ घण्टाका लागि आवागमन बन्द गरी सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको छ । हालसम्म कतै पनि अप्रिय घटना नभएको र निर्वाचन प्रक्रिया सुचारु रहेको प्रशासनले जनाएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP