२०८३ बैशाख १७
April 30, 2026, Thursday

काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी

काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी

कोशीपारी अनलाइन संवाददाता
फागुन १५, काठमाण्डौं

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी घरदैलो कार्यक्रम तीव्र बनाएको छ ।
पार्टीका अध्यक्षसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार घिसिङको टोलीले शुक्रबार गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर २, ३ र ४ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरेको हो ।
घरदैलो कार्यक्रमका क्रममा पार्टीका सदस्य कुमारराज सुवेदीले काठमाडौं क्षेत्र नम्बर ३ का मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी गरे । उनले मतदाताहरू यसपटक नयाँ विकल्प रोज्न उत्साहित देखिएको बताए ।
सुवेदीले घिसिङको नेतृत्व क्षमताको प्रशंसा गर्दै भने, ‘हाम्रो उम्मेदवारले देशलाई बत्तीको उज्यालो दिएर आफ्नो नेतृत्व प्रमाणित गरिसक्नु भएको छ । अब उहाँले राजनीतिको लोडसेडिङ पनि हटाउन सक्नुहुन्छ भन्ने विश्वास जनतामा बढ्दो छ ।’
उनले पार्टीले जनताबाट अपार साथ र समर्थन प्राप्त गरिरहेको दाबीसमेत गरे । उनले कुलमान घिसिङ देशमा समृद्धिको उज्यालो दिन सक्ने व्यक्ति भएको बताए ।
उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ३ का जनता नितान्त रुपमा परिवर्तनको पक्षमा हुनुहुन्छ । उहाँहरु यस पटक आफ्नो मत परिवर्तन गर्न तमतयार हुनुहुन्छ । जनताहरुको अपार साथ र स्नेह पाइरहेका छौं । घिसिङ यस्तो उम्मेदवार हुनुहुन्छ जसले यो देशमा समृद्धिको उज्यालो दिन सक्नुहुन्छ ।’
विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकका रुपमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका घिसिङको ‘व्यक्तित्व ब्रान्ड’लाई शुभेच्छुकहरुले बढी प्रचार गरिरहेका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन १५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP