कोशीपारी अनलाइन
फागुन ९, काठमाण्डौं
धनगढी । शुक्रबारदेखि कैलाली कञ्चनपुरमा रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ शनिबार कैलालीको अत्तरियामा आउने कार्यक्रम रहेको थियो । कुलमानले मध्याह्न १२ बजे अत्तरियामा आयोजित भेलालाई सम्बोधन गर्ने कार्यतालिका रहेको थियो ।
उज्यालो नेपाल पार्टीको गोदावरी नगर कमिटिले त्यस अनुसार मञ्च व्यवस्थापन र उद्घोषकको व्यवस्था पनि समेत गरेको थियो । तर कुलमान स्थलमा पुगेनन् । त्यसपछि कार्यकर्ता निराश हुँदै फर्कन थालिसकेका थिए । अन्ततः अध्यक्ष घिसिङ कार्यक्रममा नआउने जानकारी आयो । त्यसको कारण खुलाइएको छैन् ।
तर आयोजकले भने कार्यव्यस्तताका कारण कुलमान आउन नसकेको जनाएको छ । कार्यक्रमका मुख्य आकर्षक नै नआएपछि उज्यालो पार्टी नेपालका उपाध्यक्ष राजेश पर्तेलको प्रमुख आथित्यतामा कार्यक्रम समापन गरिएको हो । अन्य स्थानको व्यस्थताका कारण अध्यक्ष अत्तरियाको सभामा उपस्थित हुन नसकेको पर्तेलले बताए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...