२०८३ बैशाख १७
April 30, 2026, Thursday

महाशिवरात्रीको तयारी अन्तिम चरणमा, बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने

महाशिवरात्रीको तयारी अन्तिम चरणमा, बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने

कोशीपारी अनलाइन
माघ २९, काठमाण्डौं

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनले भने, ‘पशुपतिमा विश्वका हिन्दुहरुको महान पर्व महाशिवरात्रीको पावन अवसरमा पुशपतिमा पाल्नुहुने स्वदेशी तथा विदेशी भक्तजनेदेखि साधु,सन्त,महन्त, तिर्थयात्रि तथा पर्यटकहरुको सेवा सुविधाकालागि आवश्यक पर्ने सुरक्षा,स्वयंमसेवा चन्दन प्रसादको व्यवस्था,दर्शन मार्गको व्यवस्था ,भजन कृतन ,सुरक्षा तथा विभिन्न व्यस्थापन गर्दै तयारी अन्तिम चरणमा पुर्याएको छ ।’

त्यस्तै उनले महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने जानकारी दिए । मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको निर्देशक जोशीले जानकारी दिए ।

उनले भने, ‘महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने छ । दर्शन गर्न सहजताको लागि मन्दिर प्रवेशका विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको छ ।’

उनले महाशिवरात्री पर्वलाइ सुरक्षित र मर्यादीत बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताए । यस्तै, पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्न÷नगराउन समेत कोषले सचेत गराएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ २९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP