२०८३ बैशाख ४
April 17, 2026, Friday

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

कोशीपारी अनलाइन
माघ ७, काठमाण्डौं

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो ।

सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । दुई दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय श्रेष्ठ यसअघि सिबिफिनको महासचिवको जिम्मेवारीमा थिए ।

अध्यक्षको जिम्मेवारी सम्हाल्दै श्रेष्ठले सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अभिवृद्धि, वित्तीय स्थायित्व र सुदृढ अर्थतन्त्र निर्माणका लागि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने बताए ।

त्यसैगरी, सोही दिन बसेको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनीत गरेको छ । गोयल र नेपाल दुवै अनुभवी बैंकरका रूपमा परिचित छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP