कोशीपारी अनलाइन
माघ ६
कावागुची, जापान
सोनाम ल्होछार २०२६ को सुखद अवसरमा चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापान को आयोजनामा भव्य ल्होछार सांगीतिक साँझ–२०२६ आयोजना हुने भएको छ।
कार्यक्रम आगामी जनवरी २७, २०२६ मा जापानको साईतामा प्रिफेक्चर अन्तर्गत कावागुची शहरको निशिखावागुचीस्थित पहिलो तल्ला मा आयोजना हुनेछ। कार्यक्रम दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने साथै कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित सेलो गायक, रचनाकार तथा संगीतकार विश्व दोङ तथा चर्चित सेलो गायिका जितु लोप्चन को विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै, जापानमै कर्मथलो बनाउँदै आएका गायक तथा संगीतकर्मी जनक थोकर र अनिल लामा सहित स्थानीय कलाकारहरूको समेत विविध सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
सांस्कृतिक कार्यक्रमको उद्घाटन नेपाल तामाङ समाज जापान (NTSJ) का केन्द्रीय अध्यक्ष कार्साङ तामाङ सिङ्दान ले प्रमुख अतिथिका रूपमा गर्ने कार्यक्रम तय भएको छ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापानका अध्यक्ष पेमा लामा वाइबाले प्रवासमा रहेका नेपाली विशेषगरी तामाङ समुदायको भाषा, धर्म, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनले यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासी नेपालीहरूबीच आपसी एकता र सद्भाव अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
आयोजक संस्था चौरीदेउराली सम्पर्क समाज जापान, काभ्रे ले जापानमा रहनुहुने सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरू र ल्होछार शुभेच्छुकहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...