२०८३ बैशाख १०
April 23, 2026, Thursday

काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने : रास्वपाको बहुमत आउँछ

काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने : रास्वपाको बहुमत आउँछ

कोशीपारी अनलाइन
माघ ६, काठमाण्डौं

काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन दर्ता गराएका छन् ।
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले निर्वाचनमा रास्वपाको बहुमत आउने विश्वास व्यक्त गरे । त्यस्तै उनले सत्ताको फोहोरी खेलभन्दा पनि जनतालाई डेलिभरी गर्ने काममा आफूहरु लाग्ने प्रतिबद्धता जनाए ।
उनले भने,‘हरेक जनप्रतिनिधिहरु जनताको समस्या पीडा बुझ्ने हुनुपर्छ । अबको सरकार भनेको बालेन सरकार हो । उहाँ एक्लैले गएर मात्र गर्न सक्ने अवस्थापनि छैन । त्यसैले आगामी निर्वाचन मार्फत स्वतन्त्र पार्टीले बहुमत ल्याउँछ । एक ढिक्का भएर सत्ताको फोहोरी खेलभन्दा पनि जनतालाई डेलिभरी गर्ने काममा लाग्ने छौं ।’
नयाँ परिवर्तनको लागि भएपनि एक पटक रास्वपालाई विश्वास गर्न उनले आग्रह गरे ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ ६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP