कोशीपारी अनलाइन संवाददाता
माघ ३, काठमाण्डौं
कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार, आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको हो ।
विशेषगरी अण्डाको मूल्य सूचकाङ्कमा सबैभन्दा उच्च वार्षिक वृद्धि दर ९.५ प्रतिशत देखिएको छ । यसबाहेक, वर्षे मकैको मूल्यसूचकाङ्क ३.८ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, माछाको ३.६ प्रतिशत र अन्नबालीको ३.१ प्रतिशतले वृद्धि भएको छ ।
धान र दूधको मूल्य क्रमशः २.४ प्रतिशतको वृद्धि दरसहित स्थिर रहेको छ । तर मसला बालीको मूल्य वृद्धिदर ०.८ प्रतिशत मात्र रहेको छ, जसले यस क्षेत्रमा केही स्थिरता देखाउँछ ।
फलफूल बाली र तरकारी बालीमा क्रमशः ०.८ र ०.२ प्रतिशतको मामुली वृद्धि भएको छ । पशु र पंक्षीको मूल्य क्रमशः १.१ र ०.७ प्रतिशतले बढेको छ । कार्यालयका अनुसार, यस सूचकाङ्कले नेपालमा कृषि उत्पादनको मूल्य वृद्धिको दिशा र कृषि बजारको प्रवृत्ति बुझ्न सहयोग पु¥याउनेछ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...