२०८३ बैशाख १०
April 23, 2026, Thursday

अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल

अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल

कोशीपारी अनलाइन
मंसिर १८, काठमाण्डौं

नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताएका छन् ।
बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले ११ औं महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष बन्ने दावी गर्दै स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताए ।
ओलीको नेतृत्वमा नभई काम गर्ने तरिकामा असन्तुष्टि आएको भन्दै विपक्षमा उभिनु उचित नहुने उनको भनाई छ ।
उनले भने,‘दुई धारको विषयमा चुनाव लडेपनि धार एउटै हुन्छ । किनकी विचार नै फरक छैन् । पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ । महाधिवेशनमा केपी ओली नै अध्यक्ष बन्नुहुन्छ । अहिले ओलीको विपक्षमा उभिनुपर्ने कारण म देख्दिन् । विभिन्न नेताले पदमा उठ्न इच्छा व्यक्त गर्नुभएको छ त्यो पाइन्छ । नेता, नेतृत्व र नीतिमा हाम्रो समस्या होइन् । काम गर्ने तरिकामा समस्या हो भन्ने कुरा आउँछ त्यो त उचित होइन् ।’
त्यस्तै उनले अहिले ११ औं महाधिवेशनको संघारमा आइपुग्दापनि एमालेले बाह्य संकटहरु झेलिरहेको बताए ।
अरु पार्टीमा जस्तो लोकप्रिय भन्दापनि कम्युनिष्ट पार्टीमा नेतृत्व गर्न सक्छ भन्ने विषय एमालेमा स्थापित गर्न खोजिरहेको उनले बताए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर १८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP