कोशीपारी अनलाइन
मंसिर १६, काठमाण्डौं
बाजुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति बाजुराले प्रथम विस्तारित बैठक तथा भेला बोलाएको छ ।
रास्वपा जिल्ला समितिले यहीँ मंसिर २४ गते बिहान ११ बजेबाट जिल्ला सदरमुकाम मार्तडीमा बस्ने गरी प्रथम विस्तारित भेला बोलाएको हो ।
रास्वपा जिल्ला समिति सभापति नवराज जैशीले पार्टी केन्द्रको सर्कुलर अनुसार जिल्लाको संगठनात्मक राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन प्रथम विस्तारित बैठक बस्न लागेको जानकारी दिए ।
बैठकमा जिल्ला समिति हेरफेर तथा रिक्त पदपूर्ति गर्ने, जिल्ला स्तरीय विभाग र आयोग गठन, पालिका–वडा समिति गठन तथा अधिवेशन गर्ने, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेद्धार सिफारिस गर्ने लगायतका विषयमा छलफल हुने सभापति जैशीको भनाइ छ ।
त्यस्तै रास्वपा जिल्ला समितिको प्रथम विस्तारित बैठकमा पार्टी केन्द्रीय नेतृत्वको प्रमुख उपस्थिति हुने भन्दै विभिन्न जिम्मेवारीमा रहेका नेता तथा पार्टीमा आस्थावान शुभचिन्तकहरुलाई उपस्थित हुन आव्हान समेत गरिएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...