२०८३ बैशाख १५
April 28, 2026, Tuesday

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल

कोशीपारी अनलाइन
मंसिर १४, काठमाण्डौं

प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् ।
सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो ।
भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।
यस्तै यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने, अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनी पनि सहिद परिवारले दिएका छन् ।
छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको पनि उपस्थिति थियो ।
प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर १४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP