कोशीपारी अनलाइन
मंसिर १४, काठमाण्डौं
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले देशभरको एचआईभी÷एड्सको अवस्थाबारे जानकारी दिएका छन् ।
विश्व एड्स दिवसको अवसरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. शर्माले काठमाडौं उपत्यकामा एड्स तथा यौन रोगसम्बन्धी औषधि सेवन गर्नेको संख्या सबैभन्दा बढी रहेको बताए ।
उनले मधेस प्रदेशमा भने एचआईभी संक्रमणको अवस्था निरन्तर वृद्धि भइरहेको उल्लेख गर्दै प्रदेशको समग्र स्वास्थ्य अवस्था नै कमजोर रहेको बताए । उनले यस वर्ष केन्द्रले मधेस प्रदेशलाई मुख्य फोकसमा राखेर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताए ।
एचआईभी अवस्थाका आधारमा तेस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको र सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको उनले जानकारी दिए । कर्णाली र सुदूरपश्चिममा उपचारका लागि आवश्यक औषधि सेवन गर्ने संख्या पनि तुलनात्मक रूपमा कम रहेको उनले बताए ।
उनले भने, ‘काठमाडौं उपत्यकामा एड्स तथा यौन रोगको औषधि सेवन गर्ने बढी छन् भने दोस्रोमा मधेसमा एचआइभीको अवस्था बढ्दो अवस्थामा छ । एचआइभीको अवस्था मात्रै नभैइ मधेसमा स्वास्थ्य अवस्था नै कमजोर छ । हामी यो वर्ष मधेसलाई नै मुख्य केन्द्रमा राखेर स्वास्थ्यको कार्यक्रमहरु गर्ने प्रयत्नमा छौं । तेस्रोमा लुम्बिनी प्रदेश छ । सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको छ । एचआइभीको औषधि खाने कर्णाली र सुदूरपश्चिममा कम छन् ।’
विश्व एड्स दिवस–२०२५ का लागि ‘अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रूपान्तरण गरौं’ भन्ने नारालाई आत्मसात गर्दै डा. शर्माले चुनौतीहरूको बीचमा पनि प्रभावकारी प्रतिकार्य आवश्यक रहेको उल्लेख गरे । उनले राष्ट्रव्यापी रुपमा एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले वर्षभर सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा आगामी दिनमा सेवाहरूलाई अझै प्रभावकारी ढङ्गले गाउँ–बस्तीसम्म पु¥याउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘यो वर्षको नारा अवरोधहरु पार गरौं,एडस् प्रतिकार्य रुपान्तरण गरौं । यो नाराले आफैं पनि बोलिरहेको छ । कति कुरामा हामीहरुलाई चुनौतिहरु छन् तर ती चुनौतिहरुलाई प्रतिकार्य गर्दै एड्सविरुद्धको अभियानमा लाग्नुपर्ने छ । हामी डिसेम्बर १ मा एड्स दिवस मनाउँदै आएका छौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रणले वर्षभरी गरेका आफ्ना कार्यहरु र आगामी दिनमा एड्स नियन्त्रणमा सकारात्मक तरिकाले सेवाहरु भूईं मान्छेसम्म पुर्याउनुपर्ने छ ।’
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...