२०८३ बैशाख १५
April 28, 2026, Tuesday

श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीलाई शैक्षिक झोला वितरण

श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीलाई शैक्षिक झोला वितरण

कोशीपारी अनलाइन, काठमाण्डौं
मंसिर १२, २०८२

काभ्रेपलाञ्चोक — चौरीदेउराली गाउँपालिका–२, बाँझखेतस्थित श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक झोला वितरण गरिएको छ। साथै सहयोगीको पहलमा शिक्षक–कर्मचारीलाई पनि सल र गलबन्दी वितरण गरिएको छ।

विद्यालयकी प्रधानाध्यापक लक्ष्मी लामाले कोशीपारी अनलाइनसँग कुरा गर्दै ग्रामीण भेगका बालबालिकाको शिक्षामा निरन्तरता, उत्साह र प्रेरणा जगाउने उद्देश्यले गरिएको सहयोगले विद्यालय समुदायमा खुसी र ऊर्जा थपिएको बताइन्।

शैक्षिक सामग्री बोक्न प्रयोग हुने ती झोला लोकेश्वर मिडिया सर्भिस प्रा.लि. पुतलीसडक काठमाडौंका प्रबन्धक निर्देशक श्याम तामाङको समन्वय तथा ललितपुर–गोडावरी नगरपालिका–१२, ठेचो निवासी सामाजिक अभियन्ता निर्मला क्षेत्री ज्युको व्यक्तिगत रु. २४,७१० आर्थिक सहयोगमा प्रदान गरिएको हो। साथै विद्यालयका ६ जना शिक्षक तथा कर्मचारीलाई सल र गलबन्दीसमेत वितरण गरिएको विद्यालयले जनाएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दम्जे दोर्जे लामाको सभाध्यक्षता, संस्थापक सदस्य नोर्बु घ्याम्चो लामाको विशिष्ट आतिथ्य तथा वडा सदस्य देबी श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रममा शिक्षक–अभिभावक संघ अध्यक्ष प्रकाश योञ्जन तामाङ, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय अभिभावकहरूले कोशीपारी अनलाइनसँग प्रतिक्रिया दिँदै यस्तो सहयोग ग्रामीण भेगका बालबालिकाको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP