२०८३ बैशाख १०
April 23, 2026, Thursday

मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन

मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन

कोशीपारी अनलाइन, काठमाण्डौं
मंसिर ११, २०८२

हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन भएको छ ।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभइ मन नलागे पार्टी वा उम्मेदवार बदल्नेसमेत स्वतन्त्रता दिएको बताएका छन् ।
उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गरे ।
मुख्यमन्त्री बानियाँले गणतन्त्र र समावेशी संरचना देशभर लागू भइसके पनि यस व्यवस्थाको विकास–प्रगतिप्रति असन्तुष्ट केही समूह अहिले पनि सक्रिय रहेको टिप्पणी गरे । उनले भने, ‘गाउँमा विकास पुगेको, बाटो–पुल बनेको, सुविधा पुगेको मन नपर्नेहरू अझै पनि यो व्यवस्था उल्ट्याउने सोचमा छन्, तर यस्ता व्यवस्था धेरै टिक्दैनन्। समयले त्यसलाई छोडेर जान्छ।’
उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा कमीकमजोरी देखिए सच्चिन सकिन्छ, गल्ती गर्नेलाई कानुनअनुसार दण्डित गर्न सकिन्छ, र राज्य प्रणालीलाई सुधार्दै लैजान सकिने धारणा राखे ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षा, लगायतका विकास–निर्माण क्षेत्रमा धेरै लगानी गरेका बताउनुभयो। बकैया गाउँपालिकामा पूर्वाधारका हिसाबले पनि मकवानपुरका अन्य स्थानीय तहभन्दा कम नभएको उनको दावी छ ।
उनले भने, ‘आयआर्जनको पाटोतिर फर्कँदा, धेरै नागरिकलाई बच्चा पढाउन गाह्रो, घर चलाउन कठिन भन्ने समस्या थियो। त्यो समस्यालाई कम गर्न गाउँपालिकाले नयाँ अवसरहरू सिर्जना गरेको छ। धेरैले रक्सी पसल छोडेर कृषिमा लागेका छन्। विदेश जाने तयारीमा रहेका युवाहरू अहिले ५–१० वटा गाई पालेर गाउँमै राम्रो आम्दानी हुनसक्ने देखेर यही काममा लाग्न थालेका छन्। यसले गाउँको आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पारिरहेको छ।’
बकैया गाउँपालिका वडा ३ स्थित हात्तीसुढेमा गाउँपालिकाको कार्यालय परिसरमै चार तले भव्य भवन निर्माण भएको हो । यसअघि बकैया गाउँपालिकाको कार्यालय ट्रष्टको भवनमा रहेको थियो । प्रमुख प्रशासकीय अधिकृतलाई आवासीय सुविधासहितको सो भवन बैठक कक्ष, पार्किङलगायतका सुविधा रहेका छन् । सङ्घीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेटमा नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहितको २८ वटा कोठा, सभा हल दुई वटा, सेवाग्राही कक्ष, भान्छाकोठा, स्टोर कक्ष, शौचालयलगायतका संरचना रहेका छन् ।
गाउँपालिकासँग भवन २०८१ असार १५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९ साल जेठ ३१ गते सम्झौता भएकोमा सो अवधिमा पुरा नभएपछि म्याद थप गरिएकोमा गत भदौ ३१ गते निर्माण सम्पन्नभएको थियो । भवन निर्माण सम्झौता मूल्य अभिवृद्धिकरसहित सात करोड ८२ लाख ५० हजार ७७० रुपियाँमा भएकोमा भवनको काम बढेसँगै लागत बढेर मूल्य अभिवृद्धिकरसहित सात करोड ९५ लाख ६७ हजार ९१७ रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी भएको छ।
बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन भएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, निवर्तमान उपाध्यक्ष सरला बोलखे लगायत विभिन्न राजनैतिक दलका व्यक्तित्व, समाजसेवि, स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर ११

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर ११

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर ११

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP